यो वेबसाइट नेदरसोल स्कूल अफ नर्सिङ, चाइनिज विश्वविध्यालय हंगकंगद्वारा स्थापित गरिएको हो। यो परियोजना एड्स ट्रस्ट फण्ड द्वारा प्रायोजित छ र यो परियोजनाले हंगकङमा बसोबास गरिरहेका गैर-चिनियाँ एशियाली जनसंख्या जस्तै नेपाली थाई, भियतनामी, भारतीय, र पाकिस्तानीलाई लक्ष्छित गर्छ। हाम्रो परियोजनाको उद्देश्य, हङकङको गैर- चिनियाँ एशियालीबीच एचआईभी एड्सको घटना कम गर्नु हो। यस वेबसाइट मार्फत हामी हाम्रो लक्ष्छित गैर-चिनियाँ एशियाली जनसंख्या माझ एचआईभी एड्स रोकथामगर्न जनचेतना र ज्ञान दिनको साथसाथै एचआईभी एड्स लागेको व्यक्तिहरुलाई अपनाई उनीहरुसंग सुमधुर सम्बन्ध कायम गराउन चाहन्छौ l