English | Vietnamese | Thai | Nepalese | Urdu | Hindi
Logo
cuhk logocu medi logonursing logo

This project is sponsored by the AIDS Trust Fund.

निवारण

hiv

एचआइभी सर्ने मुख्य कारणहरू यौनसम्पर्क, सुइ, सिरिन्जहरू र अन्य इन्जेक्सनका सामाग्रीहरू साटफेर गर्ने र आमाबाट शिशुमा हो । यी तरिकाहरूबाट एचआइभी संक्रमण रोकथाम गर्न सावधानी अपनाउन सकिन्छः

यौनसम्पर्कबाट एचआइभी रोकथामः

  • जब तपार्इंले कुनै प्रकारका यौनसम्पर्क गर्नुहुन्छ, हरेक पटक निरन्तर र सही प्रकारले कण्डम प्रयोग गर्नुहोस् । पानीमा आधारित लुब्रिकेन्टहरूको प्रयोगले कण्डम च्यातिने खतरा कम गर्छ ।
  • कण्डम उपलब्ध छैन भने कुनै पनि प्रकारका यौनसम्पर्क नगर्नुहोस् ।
  • तपार्इंको एचआइभी अवस्था थाहा पाउनुहोस् र तपार्इंले यौनसम्पर्क गर्नुअघि तपार्इंको साझेदारले पनि जाँच गर्न भन्नुहोस् ।
  • यौनसम्पर्कको समयमा योनीको पदार्थ, वीर्य र रगतको सिधै सम्पर्कबाट टाढा रहनुहोस् ।
  • दुवै साझेदारहरू एचआइभी नेगेटिभ र मोनोगामस (एकअर्कासँग मात्रै सक्रिय यौनसम्पर्क गर्ने) छन् भने असुरक्षित यौन सुरक्षित हुन्छ । मोनोगामस साझेदारहरूका बीचमा यौनसम्पर्कबाट सर्ने रोगहरू रोकथाम गर्न कण्डमको उपयुक्त र निरन्तरको प्रयोग उपयोगी हुन्छ ।
  • तपार्इं वा तपार्इंको साझेदारमा यौनसम्पर्कबाट सर्ने रोग छ भने उपचार गर्नुहोस् ।

सुइ साटफेर गर्ने र सुइको चोटबाट एचआइभी रोकथामः

hiv
  • लागुपदार्थ प्रयोग नगर्नुहोस् । तपार्इंले गर्नुहुन्छ भने सुइ लगाउने नगर्नुहोस् ।
  • तपार्इं सुइ लगाउने लागुपदार्थ प्रयोगकर्ता हुनुहुन्छ भने सधैं सफा सुइ र सुइका सामाग्रीहरू प्रयोग गर्नुहोस् । तपार्इंले प्रयोग गर्नुभएको सुइ अरूलार्इ प्रयोग गर्न नदिनुहोस् ।
  • ट्याटु र अकुपन्चरका सुइहरू साटफेर नगर्नुहोस् ।
  • हङकङमा मिथाडोन उपचार केन्द्रहरूमा एचआइभी जाँच उपलब्ध छ ।
  • प्रयोग गरिसकिएका सुइहरू र सिरिन्जहरूलार्इ बलियो प्वाल नपर्ने कन्टेनरमा फाल्नुहोस्, जस्तैः बिस्कुट क्यान । जब कन्टेनरको दुर्इ तिहाइ प्रयोग गरिएका चुच्चो सामाग्रीहरू भरिएपछि ढकनी बलियो गरी बन्द गर्नुहोस्, त्यसलार्इ टेपले बन्द गर्नुहोस् र त्यसलार्इ घरका अन्य फोहरसँग फाल्नुअघि तिखो सामाग्रीहरू भनेर कन्टेनरमा लेख्नुहोस् ।
  • अरू व्यक्तिले प्रयोग गरेको सुइ वा तिखो सामानले दुर्घटनावश तपार्इंलार्इ घोच्यो भने त्यो ठाउँलार्इ साबुन वा अल्कोहल भएको हात धुने सामाग्रीले धुनुहोस् र त्यसपछि तुरुन्तै उपचारको खोजी गर्नुहोस् ।

शरीरका पदार्थहरूको सम्पर्कबाट एचआइभी रोकथामः

  • दाँत माझ्ने ब्रस र दाह्री काट्ने ब्लेडहरू अरूसँग साटफेर नगर्नुहोस् ।
  • चोट लागेको छालालार्इ बाहिर त्यसै नछाड्नुहोस् । उपयुक्त प्रकारले सफा गरेपछि चोट लागेको छालामा ड्रेसिङ गर्ने सामानहरू लगाउनुहोस् ।
  • शरीरका पदार्थहरूसँग सम्पर्कमा आउँदा उपयुक्त व्यक्तिगत सुरक्षाका सामाग्रीहरू लगाउनुहोस्, जस्तैः नष्ट गर्न सकिने पन्जाहरू । त्यसपछि उपयुक्त प्रकारले हातको सरसफाइ गर्नुहोस् ।
  • रगत वा शरीरको पदार्थसँग सम्पर्कमा आइसकेपछि तुरुन्तै र राम्ररी हात धुनुहोस् ।
hiv

शिशुमा एचआइभी सर्नबाट रोकथामः

  • जब तपार्इंले गर्भावस्थाको लागि योजना गर्नुहुन्छ वा तपार्इं गर्भवती हुनुहुन्छ भनेर तपार्इंले थाहा पाउनुहुन्छ, एचआइभीको अवस्था जाँच गर्नुहोस् ।
  • गर्भावस्था, प्रसव र बच्चा जन्म दिने समयमा एन्टीरेट्रोभाइरल उपचारले शिशुमा एचआइभी सर्ने जोखिम ठूलो मात्रामा घट्छ ।
  • एचआइभी पोजिटिभ भएका आमाहरूले स्तनपान नगराउन कडा रूपमा सल्लाह गरिन्छ ।
  • एचआइभी संक्रमणबाट नयाँ जन्मेका शिशुहरूलार्इ जोगाउन उपचार उपलब्ध छ ।


Copyright Statement | Disclaimer | Privacy Policy | Useful Links

Copyright© 2019 The Nethersole School Of Nursing The Chinese University of Hong Kong. All rights reserved.